‘कल्की २८९८’ को बक्स अफिसमा सुखद् सुरुवात

‘कल्की २८९८’ को बक्स अफिसमा सुखद् सुरुवात


काठमाडौं ।  फिल्म ‘कल्की २८९८ एडी’ बिहीबारबाट विश्वव्यापी प्रदर्शनमा आएको छ । साइन्स फिक्सन यो फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हसनको मुख्य भूमिका छ ।

बक्स अफिसमा फिल्ममा उत्कृष्ट सुरुवात गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आधिकारिक रिपोर्ट आइनसकेपनि फिल्मले बिहीबार करिब १०० करोड भारुको ओपनिङ गरेको हुनसक्ने ट्रेड एनालिस्टहरुलाई उद्धृत गर्दै बलिउड हंगामाले जनाएको छ ।

६०० करोड भारु बजेट बताइएको फिल्मलाई नाग अश्विनले निर्देशन गरेका हुन् ।

साइन्स-फिक्सन एक्सन इन्टरटेनर फिल्मको अन्त्य अधुरो छ । यसको संकेत सिक्वेल आउनसक्छ भन्ने हो । दर्शकलाई निराश नबनाउने भनदै फिल्मका निर्माताले यसको सिक्वेल आउने स्पष्ट पारेका छन् ।

फिल्ममा दुल्कर सलमान, विजय देवरकोंडा, मृणाल ठाकुर, एसएस राजामौली र रामगोपाल वर्माले समेत केमियो भूमिका गरेका छन् ।