सुदूरपश्चिमलाई हराउँदै गण्डकी फाइनलमा

सुदूरपश्चिमलाई हराउँदै गण्डकी फाइनलमा


काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई ३–१ को सेटले पराजित गर्दै गण्डकी प्रदेशको पुरुष टिम प्रथम सहाना प्रधान यू १९ भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

गण्डकीले २५–१६, २०–२५, २५–११ र २८–२६ ले सुदूरपश्चिमलाई पराजित गरेको हो ।

महिलातर्फको फाइनलमा भने बागमती र लुम्बिनीले प्रतिस्पर्धा गर्ने भएका छन् । फाइनल खेल शनिबार हुनेछ ।