गुल्मीको सेउघामा वरपिपल रोप्ने अभियान

गुल्मीको सेउघामा वरपिपल रोप्ने अभियान


गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ सेउघामा वरपिपल रोप्ने अभियान सुरु भएको छ ।

सडक निर्माणलगायत कारण वरपिपल मासिंदै गएपछि युवाहरूले रोप्ने अभियान सुरु गरेका हुन् । यतिबेला युवाहरूको सक्रियतामा विभिन्न सार्वजनिक स्थानमा वर र पिपलका बिरुवा रोपिन थालेको छ ।

अहिलेसम्म सेउघामा १० वटा वरपिपल रोपिएको छ । धार्मिक, सांस्कृतिक र पर्यावरणीय हिसाबले अत्यन्तै महत्व भएकाले वरपिपल रोप्न थालेको स्थानीय झवि पाण्डेले बताए ।

रेसुङ्गा नगरपालिकाले पनि आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा अनुत्पादक रुख हटाइ वरपिपल, स्वामी जस्ता ऐतिहासिक रुख, फलफूल तथा जडीबुटी रोप्ने बताएको छ ।