भन्सार महसुल विधेयक प्रतिनिधि सभाबाट पारित

भन्सार महसुल विधेयक प्रतिनिधि सभाबाट पारित


काठमाडौं । भन्सार महसुल विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।

आइतबार बसेको सभामा अर्थमन्त्री वर्षमान पुनले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले बहुमतले पारित गरेको हो ।

यो विधेयकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई सभाले बहुमतले अस्वीकृत गरेको छ ।

विधेयकमाथिको छलफल नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले आयात बढी र निर्यात कम रहेकाले व्यापार घाटा १३ खर्ब बढी रहेको बताए ।

धान, मकै र गहुँमा २ प्रतिशत भन्सार रहेको उल्लेख गर्दै उनले उत्पादन भएलगत्तै भारत जाने र पछि फेरि भारतबाटै आउने गरेको बताए । यस्तोमा लाग्ने भन्सार करले ठूलो अर्थ राख्ने बताए । निर्यातमा बढी कर लगाउन सकिने उनले सुझाए ।

अग्रिम आयकर १० प्रतिशत बुझाउनुपर्ने लगायतका कारणले खाद्यान्न महंगो हुन पुगेको बताए । जवाफमा अर्थमन्त्री पुनले नेपालमा उत्पादन हुने वस्तुका लागि प्रोत्साहन गर्ने नीति लिइएको बताए ।