प्रधानमन्त्रीलाई राजीनामा दिन गगनको सुझाव

प्रधानमन्त्रीलाई राजीनामा दिन गगनको सुझाव


काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डको अस्थिर चरित्र, चकचक, उपद्रो र नाफाघाटा हेर्ने प्रवृत्तिले कांग्रेस र एमाले समीकरण गर्दै सरकार बनाउने अवस्थामा पुगेको बताएका छन्। इटहरीमा बिहीबार भएको कार्यक्रममा बोल्दै महामन्त्री थापाले २०८४ सालसम्म कांग्रेस प्रतिपक्षमै रहने आफ्नो इच्छाविपरीत कांग्रेस(एमालेबीच समीकरण बनेको र त्यो समीकरण बन्ने सहमति गर्दा आफू विदेशमा रहेको बताए। यहाँ सरकार परिवर्तनका बारेमा कुरा हुँदै गर्दा म कतारमा थिएँ। म त्यो कार्यक्रममा भन्दै थिएँ, २०८४ सालसम्म कांग्रेसले दायाँबायाँ केही पनि हेर्दैन, प्रतिपक्षमा बस्छ।

एमाले-माओवादी-घन्टी  को को मिलेर सरकार चलाउने हो चलाऊ।, हामी ०८४ मा आउने हो, एक्लै सरकार चलाउने हो। त्योचाहिँ मेरो चाहना थियो,’ थापाले भने, ‘एकाएक अहिले अनुमानले इच्छालाई जितेको अवस्था छ। अहिलेको अवस्था आउनुको मुख्य कारण भनेको पुष्पकमल दाहाल प्रचण्डु को अत्यन्त अस्थिर चरित्र, खाली नाफाघाटा हेर्ने पछिल्लो चरण बढेको कारणले गर्दा यो स्थिति सिर्जना भयो। जसको कारण कांग्रेस र एमाले एक ठाउँमा आउने अवस्था बनेको छ।’ पछिल्लो समय आफूहरूले कांग्रेस र एमालेबीच संवादको आवश्यकताबारे भने कुरा राखिरहेको उनले बताए।

संविधानको प्रबन्धबारे केही पुनरावलोकन गर्न कांग्रेसलाई एमालेलगायत दलहरूको साथ चाहिने भएकोले संवाद आवश्यक परेको थापाले बताए। अर्थतन्त्र सुधार गर्न पनि एमालेको साथ चाहिने थापा बताउँछन्। ‘यो संवाद सरकार र प्रतिपक्षमै बसेर हुन्थ्यो होला प्रचण्डले धेरै चकचक नगरेको भए,’ थापाले भने, ‘अब कांग्रेस र एमालेबीच नै सरकारमा सँगै बसेर संविधानका केही विषयमा पुनरावलोकन गर्ने अवस्था आयो।’
प्रधानमन्त्री प्रचण्डले उपद्रो र चकचक गरेकोले स्वयंम सम्हालिन नसकेको पनि थापाको भनाइ थियो। ‘उहाँको उपद्रोबाट देउवा र ओली झुकिसक्नु भएको थियो, कोही झुक्न बाँकी थिएन,’ उनले भने, ‘चकचक यति धेरै भइसकेको थियो कि उहाँले सम्हाल्न सक्ने अवस्था थिएन।’