हेटौंडा । नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा दिएर नयाँ सरकार निर्माणमा मार्ग प्रशस्त गर्नको लागि अनुरोध गरेको छ ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएर समर्थन फिर्ता लिइसकेको अवस्थामा वर्तमान सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार निर्माणको लागि मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुपर्ने बताएका छ्न् ।
उनले अल्पमतमा परेको सरकारले नियुक्ति लगायतको अन्य महत्वपूर्ण निर्णय नगर्न समेत विज्ञप्ति मार्फत सरकारलाई सुझाव दिएका छ्न् ।
प्रतिक्रिया