दुर्घटनामा परेका यात्रुका आफन्तलाई चितवनका होटलमा निःशुल्क खाने बस्ने व्यवस्था

दुर्घटनामा परेका यात्रुका आफन्तलाई चितवनका होटलमा निःशुल्क खाने बस्ने व्यवस्था


चितवन । नारायणगढ मुग्लिन सडक खण्डको सीमलतालमा गएको पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसमा सवार व्यक्तिका आफन्तलाई होटल व्यवसायी संघ चितवनले खाने बस्ने व्यवस्था मिलाउने भएको छ ।

संघका अध्यक्ष लोकनाथ भट्टका अनुसार दुर्घटनामा परि बेपत्ता भएका व्यक्तिका उद्दारमा आउने आफन्तलाई खाने बस्ने व्यवस्था मिलाउन लागेका हुन् । चितवन होटल व्यवसायी संघले दुःखमा परेका मानिसलाई मानवीय सहयोग गर्नुपर्ने महसुस गरेर उक्त निर्णय गरेको भट्टले जानकारी दिए ।

उनका अनुसार चितवनका होटल व्यवसायी संघले उनीहरुको खोजीमा लाग्ने समयभर खाने र बस्ने खर्च संघले नै व्यहोर्ने पनि उनले जानकारी दिए । होटल व्यवसायी संघ चितवनमा आवद्ध भएका ६ सय ३१ वटा होटल छन् ।