पहिरोले बेँसीसहर चामे सडक अवरुद्ध

पहिरोले बेँसीसहर चामे सडक अवरुद्ध


लमजुङ – पहिरोले बेँसीसहर चामे सडक अवरुद्ध भएको छ । मर्स्याङ्दी गाउँपालिका-४ स्याँगेमा आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक मेघनाथ चापागाईँले ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध भएको र सडक खुलाउन प्रहरी त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी दिए ।

यस सडकअन्तर्गत मनाङखण्ड भने यही १८ गते साँझदेखि अवरुद्ध रहँदै आएको छ । चामे गाउँपालिकास्थित तिमाङ खोलामा काठे पुल र सो नजिकै पक्की मोटरेवल पुल बाढीले बगाएपछि सवारी सञ्चालन हुन सकेको छैन । आवागमन रोकिँदा मनाङवासी समस्यामा परेका छन् ।