मन्त्रीको सूचीबाट हट्यो योगेश भट्टराईको नाम

मन्त्रीको सूचीबाट हट्यो योगेश भट्टराईको नाम


काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईको नाम मन्त्रीको सूचीबाट हटेको छ।

उनको ठाउँमा देवेन्द्र दाहालको नाम राखिएको छ।

दाहाल भौतिक पूर्वाधार र यातायातमन्त्री बन्ने भएका छन्। यसबाहेक केही मन्त्री फेरि दोहोरिएका छन् भने विद्या भट्टराई शिक्षामन्त्री बन्ने तय भएको छ।

भट्टराई दिवंगत एमाले नेता रविन्द्र अधिकारीपत्नी हुन्। उनी विश्वविद्यालयकी प्राध्यापक रहेका बेला कास्कीमा एमालेको प्रतिनिधि भई निर्वाचन जितेकी थिइन्।