गुल्मीको रेसुंगामा साउने मेला सुरु

गुल्मीको रेसुंगामा साउने मेला सुरु


गुल्मी । गुल्मीको धार्मिक पर्यटकीय क्षेत्र रेसुंगामा साउने मेला सुरु भएको छ ।

सदरमुकाम तम्घासदेखि माथिल्लो क्षेत्रमा पर्ने रेसुंगामा विगतका वर्षहरुमा जस्तै यस वर्षपनि मन्दिर व्यवस्थापन समितिले एक महिले साउने मेला आयोजना गरेको हो ।

रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालका अनुसार विगतका वर्षहरुमा जस्तै एक महिनासम्म धार्मिक प्रवचनसँगै दैनिक पूजा हुनेछ ।

रेसुंगामा पूजा गर्न गुल्मीसँगै अर्घाखाँची, पाल्पा, बाग्लुङ, प्यूठान, रुपन्देहीलगायत नेपालका विभिन्न ठाउँबाट भक्तजनहरु आउने गर्छन् । पोखरीमा नुहाउन र पूजा गर्न साउनभर भीड लाग्ने गर्छ ।

मंगलबार पहिलो दिन नै श्रद्धालु भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । रेसुंगाको पोखरीमा नुहाउनाले पाप नष्ट हुने धार्मिक मान्यता छ ।

साउनभर सञ्चालन हुने मेला अन्तर्गत साउन १ गते र साउने औंशी, एकादशीका दिन विशेष मेला लाग्ने गर्छ । सदरमुकाम तम्घासबाट करिब ३० मिनेटको गाडीको यात्रापछि उक्त स्थानमा पुग्न सकिन्छ ।