मलद्वारमा लुकाएर ल्याएको १ किलो सुनका योजनाकार १ वर्षपछि पक्राउ

मलद्वारमा लुकाएर ल्याएको १ किलो सुनका योजनाकार १ वर्षपछि पक्राउ


काठमाडौं। दुबईबाट मलद्वारमा लुकाएर ल्याएको ९६० ग्रााम सुनका मुख्य योजनाकार पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बाबुलाल दोङ र काभ्रेको महाभारत गाउँपालिका–२ घर भएका विकास योन्जन छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार स्मार्ट पार्टी प्यालेस चाबहिलबाट पक्राउ गरेको हो ।

२५ भदौ २०८० मा दुबईबाट हिमालयन एअरलाइन्सछारा काठमाडौं आएका बाबुलाल दोङ भन्ने व्यक्तिले मलद्वारमा लुकाएर ल्याएको ९६० ग्राम सुन प्रहरीले बरामद गरेको थियो ।

बयानका क्रममा उक्त सुन योन्जनको रहेको बाबुलालले खुलाएका थिए । सुनसहित बाबुलाल पक्राउ परेपछि योन्जन भने फरार थिए ।

योन्जनलाई पक्राउ गरेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थस्थित भन्सार कार्यालय पठाइएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।