खेलकुदका निकायमा सबैभन्दा बढी बेरुजु राखेपको

खेलकुदका निकायमा सबैभन्दा बढी बेरुजु राखेपको


काठमाडौं । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतका निकायको गत आर्थिक वर्षमा ३६ लाख ५२ हजार ६१८ रुपैयाँ बेरुजु देखिएकामा राष्ट्रिय खेलकुद परिषद राखेपको मात्र ३२ लाख १६ हजार ४६८ रुपैयाँ देखिएको छ ।

बुधबार नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मन्त्रालयमा विभिन्न निकायहरुको बारेमा ब्रिफिङ लिएका थिए । त्यस क्रममा मन्त्रालय मातहतका निकायको बेरुजुबारे पनि जानकारी गराइएको थियो ।

जसमा सबैभन्दा आर्थिक अनुशासनमा कमजोर भने राखेप देखिएको हो । युवा तथा खेलकुद मन्त्रालयको २ लाख २७ हजार ९४६, युवा परिषदमा ४३ हजार २५ रुपैंया, नेपाल स्काउटमा २८ हजार ९५ र युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा १ लाख ३७ हजार ८४ रुपैयाँ बेरुजु रहेको मन्त्रालयले जनाएको छ ।