एनसेलले ‘सधैँ अन’ योजनामा आधारित वायरफ्री प्लस सेवामा आकर्षक अफर ल्याएको छ । यससँगै अब उपभोक्ताले भारी छुटमा बन्डल सेवाका साथै नि:शुल्क अल्टिमाको एयरबड र स्मार्टवाच पाउन सक्नेछन् ।
वायरफ्री प्लस नवीन प्रविधिमा आधारित वायरलेस इन्टरनेट हो र यसमार्फत ग्राहकले विनाकुनै झन्झट अनलिमिटेड इन्टरनेट र वाइफाई कनेक्टिभिटीको फाइदा लिन सक्नेछन् । सँगसँगै यो अफरमा सहकार्य गरेको अल्टिमा ब्रान्डको वेबसाइटबाट पनि ग्राहकले सेवाका लागि सदस्यता लिन सक्ने कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत ग्राहकले वायरफ्री सेवाका लागि अर्धवार्षिक सदस्यता लिँदा ३५ प्रतिशत (रु. २,०९५) र वार्षिक सदस्यतामा ४२ प्रतिशत (रु. ४,९८९) छुट पनि पाउनेछन् । ६ महिनाका लागि सेवा लिँदा ग्राहकले तीन हजार चार सय ९९ पर्ने अल्टिमाको एयरबड नि:शुल्क पाउँछन् भने एक वर्षको सेवा खरिदमा पाँच हजार नौ सय ९९ मूल्य पर्ने अल्टिमाको स्मार्टवाच नि:शुल्क पाइने कम्पनीले जनाएको छ ।
सेवाका लागि अर्धवार्षिक सदस्यताको शुल्क करसहित तीन हजार आठ सय ९९ रुपैयाँ तोकिएको छ भने वार्षिक सदस्यताको शुल्क ६ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । यी दुवै प्लान लिँदा ग्राहकले एनसेलको फोरजी राउटर पनि शुल्क पाउँछन् ।
यो योजनामा ग्राहकले दुईवटा सिमकार्ड पाउँछन् । ग्राहकले मुख्य एक सिममा प्रत्येक महिना २५० जिबी डेटा पाउँछन् र यो डेटा भोल्युम सकिएमा ५१२ एमबिपिएस गतिमा अनलिमिटेड इन्टरनेट सेवा महिनाभरि लिन सकिनेछ । अर्को दोस्रो सिममा ग्राहकले प्रत्येक महिना १०० मिनेट टक टाइम र पाँच जिबी डेटा पाउनेछन् ।
प्रतिक्रिया