कालीमाटी तरकारी बजारमै अधिकांश तरकारीको भाउ किलोको १ सयमाथि

कालीमाटी तरकारी बजारमै अधिकांश तरकारीको भाउ किलोको १ सयमाथि


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमै अधिकांश तरकारीको भाउ किलोको १ सयमाथि पुगेको छ । आइतबार अघिल्लो दिनको तुलनामा गोलभेँडा, बन्दा, काउली, भन्टा, तिते करेला महँगिएको छ । ब्रोकाउली, लौका, भिण्डी भने केही सस्तिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन ठूलो गोलभेँडा अधिकतम प्रतिकिलो १००, गाजर १००, स्थानीय काउली १००, लाम्चो÷डल्लो भन्टा १००, तने बोडी १२० रुपैयाँमा कारोबार भएको छ ।

घिउ सिमी १५०, टाटो सिमी १२०, भटमासकोशा १४०, तिते करेला ८०, परवर ८०, घिरौंला १००, स्कुस १००, ब्रोकाउली १२०, तामा १२०, लौका ८०, भिण्डी ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

हरियो प्याज २३०, न्यूरो १३०, कन्य च्याउ प्रतिकिलो २३०, डल्ले च्याउ ४०० र कुरिलो ३५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । कालीमाटी बजारमा रातो आलु प्रतिकिलो अधिकतम ७२, प्याज ९५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।