गुल्मीमा ८ हजार बढी सवारीसाधन कारबाहीमा

गुल्मीमा ८ हजार बढी सवारीसाधन कारबाहीमा


काठमाडौं । गुल्मीमा ८ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन् । एक वर्षको अवधिमा ८ हजार ४२४ सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र शर्माले बताए ।

कारबाहीबाट ५१ लाख २५ हजार ५०० रुपैयाँ राजस्व सकलन भएको छ । अघिल्लो आर्थिक वर्षको भन्दा यो १२ लाख कम हो । अघिल्लो आर्थिक वर्ष ०७९/०८० मा ६३ लाख १४ हजार राजस्व संकलन भएको थियो भने १० हजार ९६ सवारी साधन कारबाहीमा परेका थिए ।

ट्राफिक प्रहरीले मालबाहक सवारी साधनले क्षमताभन्दा बढी समान बोक्ने, जिप कारले क्षमताभन्दा बढी यात्रु राख्ने, लाइसेन्स नबोक्ने र जथाभावी पार्किङ गर्ने सवारी धनीहरुलाई कारबाही गरेको शर्माले बताए ।

पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार सवारी दुर्घटनाको संख्यामा कमी आएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सवारी चालक सहचालकलाई गरिएका कार्यक्रमहरु प्रभावकारी बन्दै गएका छन् । जसले गर्दा जिल्लामा सवारी दुर्घटनामा कमी आएको दाबी ट्राफिक प्रहरीको ५ ।

पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार सवारी दुर्घटनामा मृत्यु हुनेको संख्यामा पनि कमी आएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा सवारी दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७९/०८० मा १० जना मृत्यु भएको छ भने २०८०/०८१ म ९ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गर्दे आइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कार्यालयले यो अवधिमा विभिन्न बिद्यालयका विद्यार्थीहरू, व्यवसायीक,चालक, परिचालक, पैदल यात्रु तथा अन्य सर्बसाधारण गरी १४ हजार ९३ जनालाई सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक जनचेतनामुलक प्रशिक्षण कार्यक्रम गरेको जनाएको छ ।