बंगलादेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारलाई कांग्रेसको ध्यानाकर्षण

बंगलादेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारलाई कांग्रेसको ध्यानाकर्षण


काठमाडौं । नेपाली कांग्रेसले बंगलादेशमा भइरहेको आन्दोलनबाट प्रभावित नेपाली विद्यार्थी र नेपाली नागरिकलाई स्वदेश फर्काउन आवश्यक प्रवन्धका लागि सरकारसँग आग्रह गरेको छ ।

आइतबार बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए । त्यस्तै अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा जनधनको ठूलो क्षति भएको भन्दै सरकारलाई त्यसप्रति गम्भीर बन्न पनि आग्रह गरिएको छ ।

नवगठित सरकारका मन्त्रीहरूलाई पनि कार्यकाल सफलताको शुभकामना दिइएको छ ।