यी हुन् नेपालले धेरै वस्तु आयात गर्ने १० देश

यी हुन् नेपालले धेरै वस्तु आयात गर्ने १० देश


काठमाडौं । नेपालले एक वर्षको अवधिमा १५ खर्ब ९२ अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।

भन्सार विभागका अनुसार नेपालले १७० भन्दा धेरै मुलुकसँग व्यापार गरेको छ ।

आयातको सबैभन्दा ठूलो हिस्सा छिमेकी मुलुक भारतबाट भइरहेको छ ।

पेट्रोलियम पदार्थ, सवारीसाधन, तयारी पोशाक तथा खाद्यान्न र तरकारीका लागि नेपाल भारतमा अधिक निर्भर देखिन्छ ।

यो सूचीको पाँचौ स्थानमा युद्धग्रस्त मुलुक युक्रेन रहेको छ । जहाँबाट धेरै वस्तु नेपाल आयात भएको छ । यस मुलुकबाट नेपालमा खाने तेल, गहुँलगायत वस्तुको आयात अधिक हुने गरेको छ ।

चीन धेरै वस्तु आयात हुने मुलुकको दोस्रो स्थानमा छ । चीनबाट लत्ताकपडासहितका वस्तु आयात हुने गरेको छ ।

तेस्रो स्थानमा यूएई रहेको छ । धेरै वस्तु आयात हुने प्रथम १० मुलुकमा अमेरिकी र युरोपेली मुलुक समेत रहेका छन् ।