संसदीय समितिमा सदस्य हेरफेर

संसदीय समितिमा सदस्य हेरफेर


काठमाडौं । प्रतिनिधि सभाका विभिन्न समितिका सदस्यहरू हेरफेर भएका छन् । यसअघि सरकारमा रहेका मन्त्रीहरूको समिति तय गरिएको छ भने केहीको हेरफेर भएको छ ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले समितिमा सदस्यहरू थप र हेरफेर सम्बन्धी प्रस्ताव राखेका थिए । जसलाई सभाले स्वीकृत गरेको छ ।

प्रतिनिधि सभाले स्वीकृत गरेअनुसार पदम गिरी, भगवती चौधरी, वर्षमान पुन र विराजभक्त श्रेष्ठ अर्थ समितिका सदस्य भएका छन् । हरिप्रसाद उप्रेती अन्तर्राष्ट्रिय सम्बन्ध र हितबहादुर तामाङ पर्यटन समितिको सदस्य भएका छन् ।

रघुवीर महासेठ र डीपी अर्याल उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्य भएका छन् ।

ज्वालाकुमारी साह कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सदस्य भएकी छन् ।

शक्तिबहादुर बस्नेत पूर्वाधार विकास समिति सदस्य भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड, रवि लामिछाने पूर्णबहादुर खड्का, राजेन्द्रकुमार राई राज्यव्यवस्था तथा सुशासन समितिमा बसेका छन् ।

रेखा शर्मा, सुमना श्रेष्ठ शिक्षा स्वास्थ्य तथा सूचना समितिको सदस्यमा बसका छन् ।

संसदीय सुनुवाइ समिति (संयुक्त)मा रमेश लेखकको स्थानमा श्याम घिमिरे तथा डा. स्वर्णिम वाग्लेको स्थानमा डीपी अर्याल आएका छन् । लेखक गृहमन्त्री भएकाले अर्को सदस्य लगिएको हो । अर्याल मन्त्री भएपछि उनको स्थानमा वाग्ले पुगेका थिए ।