आँखुखोला जलविद्युतले १५०% हकप्रद जारी गर्दै

आँखुखोला जलविद्युतले १५०% हकप्रद जारी गर्दै


काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनीले १५० प्रतिशत अर्थात् हालको १०० बराबर थप १५० कित्ताका दरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले साउन २७ देखि यसमा आवेदन खोल्नेछ ।

हाल चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेकोमा हकप्रद निष्कासनबाट १ अर्ब २० करोड थप गर्न लागेको हो । साउन १ गतेभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले यो हकप्रद सेयर भर्न पाउँछन् ।

बिक्री प्रवन्धक नविल इन्भेस्टमेन्ट बैंकिङले सार्वजनिक सूचनामार्फत हकप्रद निष्कासनबारे जानकारी गराएको हो । आवेदन भदौ १६ गतेसम्म खुल्ने छ ।

कम्पनीले हाल ८.४ मेगावाटको आँखुखोला १ आयोजना संचालन गरिरहेको छ । हकप्रद निष्कासनबाट प्राप्त रकमबाट ४० करोड रुपैयाँ बैंकको दीर्घकालीन ऋण तिर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै ८० करोड रुपैयाँ गणेश हिमाल हाइड्रोपावरद्वारा प्रवर्द्धित आँखुखोला २ जलविद्युत् आयोजनामा ६० प्रतिशत सेयर स्वामित्व कायम हुनेगरी स्वपूँजी लगानी गर्ने कम्पनीले जनाएको छ । यो आयोजना निर्माणाधिन छ । यसमा प्रतिमेगावाट लागत १९ करोड ५७ लाख अनुमान रहेको कम्पनीले जनाएके छ ।