पहिलो महिला मुख्यसचिवलाई प्रधानमन्त्रीको बधाई

पहिलो महिला मुख्यसचिवलाई प्रधानमन्त्रीको बधाई


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको मुख्यचिवमा पहिलो महिलाका रुपमा लीलादेवी गड्तौला नियुक्त हुनुभएकामा बधाई व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत ‘देशभरको कर्मचारी प्रशासनको नेतृत्व गर्नेमा पहिलो पटक महिला हुनुभएकामा बधाई दिनुभएको हो । प्रधानमन्त्री ओलीका अध्यक्षतामा आज भएको मन्त्रिपरिषद्को बैठकले कायममुकायम निमित्त मुख्यसचिव गड्तौलालाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो ।