ग्वार्कोको गेस्ट हाउसमा अचेत फेला परेकी युवतीको मृत्यु

ग्वार्कोको गेस्ट हाउसमा अचेत फेला परेकी युवतीको मृत्यु


काठमाडौं । ललितपुर महानगरपालिका–७ ग्वार्कोमा एक गेस्ट हाउसमा अचेतावस्थामा फेला पर्नुभएकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ । ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा उहाँ शुक्रबार बिहान अचेत अवस्थामा फेला पर्नुभएको थियो । गोदावरी नगरपालिका–८ डुकुछाप घर भई हाल ललितपुरको सातदोबाटो बस्दै आएका २६ वर्षीय सन्दिप बिकको साथ लागेर उहाँ बिहीबार राति नौ बजे गेस्ट हाउसमा पुग्नुभएको थियो ।

प्रहरीका अनुसार युवतीसँगै रहेका युवकको पनि श्वास प्रश्वासमा समस्या आएको बताएपछि प्रहरीको निगरानीमा बी एन्ड बी अस्पतालमै उपचार भइरहेको छ । ललितपुर प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार बिहानको समयमा युवती बेहोस भएपछि उपचारका लागि बी एण्ड बी अस्पतालमा लगिए पनि उपचारकै क्रममा युवतीको मृत्यु भएको हो ।घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको एसपी सुवेदीले बताउनु भयो ।