विदेश पढ्न जान १ लाख १२ हजारले लिए अनुमति

विदेश पढ्न जान १ लाख १२ हजारले लिए अनुमति


काठमाडौँ-आर्थिक वर्ष २०८०/०८१ मा एक लाख भन्दा बढी नेपाली विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको १ साउन २०८० देखि ३१ असार २०८१ सम्मको तथ्यांक अनुसार एक लाख १२ हजार ५९३ जनाले एनओसी लिएका हुन् ।

तथ्यांक अनुसार सबैभन्दा बढी जापानको लागि ३४ हजार ७३१, क्यानडाको लागि १५ हजार ९८२, अष्ट्रेलियाको लागि १४ हजार ३७२ र युकेको लागि १३ हजार ३३९ जनाले एनओसी लिएका छन् ।

यस्तै अमेरिकाको लागि ११ हजार २६१, कोरियाको लागि ६ हजार ८८९, भारतका लागि दुई हजार ३८९ लगायत विभिन्न देशको लागि एनओसी लिएका छन् ।