नवनियुक्त प्रदेश प्रमुखहरूले लिए शपथ

नवनियुक्त प्रदेश प्रमुखहरूले लिए शपथ


काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा दीपकप्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीले शपथ लिएका हुन् ।

देवकोटा बागमती, घर्तीमगर लुम्बिनी र जोशी कर्णाली प्रदेशका लागि प्रदेश प्रमुख नियुक्त भएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनीहरूलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले बुधबार तीन जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।