मन्त्रिपरिषद्‌ले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त

मन्त्रिपरिषद्‌ले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले काँग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।

काँग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका हुन् ।

अरुणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ ।