चेक बाउन्सका कारण ३९ हजार बढी कालोसूचीमा

चेक बाउन्सका कारण ३९ हजार बढी कालोसूचीमा


गएको आर्थिक वर्ष चेक बाउन्स गर्ने तथा कर्जा नतिर्ने ५२ हजार ३०३ व्यक्ति तथा संस्था कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार आर्थिक वर्ष २०८०/८१ मा कर्जा नतिरेका कारण १२ हजार ८२१ ऋणीलाई कालोसूचीमा राखिएको छ ।

यस्तै ३९ हजार ४८२ जना चेक बाउन्स गरेका कारण कालोसूचीमा परेका छन्। कालोसूचीमा पर्नेमा चेक बाउन्स र ऋणी दुवैको संख्या निकै नै बढिरहेको केन्द्रले जनाएको छ।
विगतका तुलनामा कर्जा नतिरेका कारण कालोसूचीमा पर्नेको संख्या कम हुने गरे पनि अहिले बढेको हो।

अघिल्लो आव २०७९/८० मा ऋण नतिर्ने र चेक बाउन्स गर्ने ३४ हजार ८१ व्यक्ति तथा संस्था कालोसूचीमा परेकोमा गत आव २०८०/८१ मा ५२ हजारभन्दा बढीलाई कालोसूचीमा राखिएको केन्द्रले जनाएको छ ।

गत आवमा सबैभन्दा बढी असारमा कालोसूचीमा थपिएका थिए । गत असारमा मात्रै ६ हजार ४८२ जना कालोसूचीमा परेका थिए । जुन गत आवकै सबैभन्दा बढी भएको केन्द्रले जनाएको छ।