तुलसीपुर (दाङ) – दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गए राति अटोरिक्सा बगाएको छ ।
दाङमा अटो चढेका दुई जनालाई खोलाले बगाएको छ ।
शुक्रबार राति साढे ७ बजे तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको अटो काला खोलाले बगाउँदा दुई जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बताए ।
बाढीले तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा१स २३५७ नम्बरको अटोरिक्सा बगाएकाे हो ।तुलसीपुर उपमहानगरपालिका-४ खाद्रेतर्फ जाँदै गर्दा अटो खोलाले बगाएको हो ।
अटोमा सवार पाँच जनामध्ये तीन जना सकुसल रहेका छन् ।
अत्यधिक वर्षाका कारण कालाखोलामा बाढी सडकमाथि भएर बगेको छ ।
प्रतिक्रिया