बंगलादेशको प्रधानमन्त्री निवासमा प्रदर्शनकारी छिरे, हसिना भागिन् 

बंगलादेशको प्रधानमन्त्री निवासमा प्रदर्शनकारी छिरे, हसिना भागिन् 


काठमाडौं– आरक्षणसम्बन्धी विषयलाई लिएर केही समयदेखि बंगलादेशमा चलिरहेको आन्दोलन र प्रदर्शन उग्र भएको छ। आइतबार मात्र ९० जनाको ज्यान जानेगरी भएको प्रदर्शन उग्र बनेपछि त्यहाँको सेना सडकमा आएको छ।

एएफपीका अनुसार प्रधानमन्त्री हसिना सुरक्षित स्थानमा भागेकी छन्। बंगलादेशी सेना प्रमुखले सम्बोधनको तयारी गरेका छन्। सम्भवतः सेनाले बंगलादेशी सरकारको बागडोरको जिम्मा लिने अन्तिम तयारी भएको छ भने हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिने बताइन्छ।