लेबनानमा समस्या भएका नेपालीलाई कायरोमा भएको दूतावासमा सम्पर्क गर्न परराष्ट्र मन्त्रालयको आग्रह

लेबनानमा समस्या भएका नेपालीलाई कायरोमा भएको दूतावासमा सम्पर्क गर्न परराष्ट्र मन्त्रालयको आग्रह


काठमाडौं । परराष्ट्र मन्त्रालयले लेबनानमा कुनै समस्या भएमा नेपाली नागरिकहरुलाई इजिप्टको राजधानी कायरोमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज एक सूचना जारी गरेर यस्तो जानकारी दिएको हो । हालसम्म लेबनानमा भएका नेपालीहरुमा कुनै समस्या नभएको भन्दै मन्त्रालयले कुनै समस्या भएमा कायरोमा वा परराष्ट्र मन्त्रालयमा ‘जुनसुकै समयमा’ सम्पर्क गर्न आग्रह गरेको छ ।

मन्त्रालयले दिएको सम्पर्क व्यक्तिको नाम, ठेगाना र नम्बर

दीपक घिमिरे, नेपाली दूतावास, कायरो : +२०१०९७७७२३४८
श्रीकृष्ण सिलवाल, परराष्ट्र मन्त्रालय काठमाडौं : +९७७९८४९१७९५२०