सकसमा पनि यी आधा दर्जन बैंकले घटाए खराब कर्जा, कुनको कति ?

सकसमा पनि यी आधा दर्जन बैंकले घटाए खराब कर्जा, कुनको कति ?


पछिल्लो एक वर्षको अवधिमा वाणिज्य बैंकहरूको खराब कर्जा (एनपीएल) ह्वात्तै बढेको छ । गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासको वित्तीय विवरण अनुसार बैंकहरूको खराब कर्जा औसत साढे १७ प्रतिशत बढेको देखिन्छ ।

गत असारसम्म बैंकहरूको औसत एनपीएल १७.५६ प्रतिशत बढेर ४ प्रतिशत पुगेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा औसत ३ प्रतिशत मात्रै खराब कर्जा थियो ।

समीक्षा अवधिमा एनआईसी एशिया बैंकको खराब कर्जा अत्यधिक बढेको छ । यस बैंकको खराब कर्जा २८७.५ प्रतिशत बढेर ३.४१ प्रतिशत बिन्दु पुगेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा एनआईसी एशियाको खराब कर्जा ०.८८ प्रतिशत बिन्द मात्रै थियो ।

यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकको ८१.३५ प्रतिशत बढेर २.१४ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकको ६०.६१ प्रतिशत बढेर ३.६३ प्रतिशत बिन्दु, लक्ष्मी सनराइज बैंकको ५७.८५ प्रतिशत ४.७२ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको ३८.७३ प्रतिशत बढेर ४.३७ प्रतिशत बिन्दु, सानिमा बैंकको ३२.०६ प्रतिशत बढेर १.७३ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको छ ।

कृषि विकास बैंकको ३४.७४ प्रतिशत बढेर ३.४४ प्रतिशत बिन्दु, सिटिजन्स बैंकको २० प्रतिशत बढेर ४.०७ प्रतिशत बिन्दु, एनएमबि बैंकको १८.९० प्रतिशत बढेर ३.२७ प्रतिशत बिन्दु, नेपाल बैंकको १५.०८ प्रतिशत बढेर ३.२८ प्रतिशत बिन्दु, नबिल बैंकको १३.५६ प्रतिशत बढेर ३.८५ प्रतिशत बिन्दु, सिद्धार्थ बैंकको १०.४४ प्रतिशत बढेर २.२२ प्रतिशत बिन्दु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ९.०३ प्रतिशत बढेर ४.९५ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको छ ।

तर, गत वर्ष विभिन्न ७ बैंकले भने खराब कर्जा घटाएका छन् । जसमध्ये कुमारी बैंकको ०.२० प्रतिशत घटेर ४.९५ प्रतिशत बिन्दु, हिमालयन बैंकको ०.४० प्रतिशत घटेर ४.९१ प्रतिशत बिन्दु, राष्ट्रिय वाणिज्य बैंकको ३.१८ प्रतिशत घटेर ३.६५ प्रतिशत बिन्दु, प्राइम बैंकको ३.७१ प्रतिशत घटेर ४.६७ प्रतिशत बिन्दु, प्रभु बैंकको ४.०१ प्रतिशत घटेर ४.७८ प्रतिशत बिन्दु, एभरेष्ट बैंकको १०.१२ प्रतिशत घटेर ०.७१ प्रतिशत बिन्दु र नेपाल एसबीआई बैंकको १७.३५ प्रतिशत घटेर २ प्रतिशत बिन्दुमा एनपीएल झारेका छन् ।