वाणिज्य बैंकहरुलाई ऋणीहरुले बुझाए ५ खर्ब बढी ब्याज(सूचीसहित)

वाणिज्य बैंकहरुलाई ऋणीहरुले बुझाए ५ खर्ब बढी ब्याज(सूचीसहित)


गत आर्थिक वर्ष सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुलाई ऋणीहरुले ५ खर्ब ८८ अर्ब रुपैयाँ ब्याज बुझाएका छन् । बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०।०८१ को वित्तीय विवरण अनुसार असार मसान्तसम्म वाणिज्य बैंकहरुलाई ऋणीहरुले ५ खर्ब ८८ अर्ब ७६ करोड ८४ लाख ५० हजार रुपैयाँ ब्याज बुझाएका हुन् ।

यो अघिल्लो आर्थिक वर्ष २०७९।०८० को सोही अवधिको तुलनामा ६.७६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ऋणीबाट वाणिज्य बैंकहरुलाई ५ खर्ब ५१ अर्ब ४९ करोड ३३ लाख ८२ हजार रुपैयाँ ब्याज बुझाएका थिए ।

सबै भन्दा बढी ऋणीहरुबाट ब्याज आम्दानी गर्ने बैंकहरुमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । बैंकलाई ऋणीहरुले यस अवधिमा ५१ अर्ब ४६ करोड १६ लाख २१ हजार रुपैयाँ ब्याज बुझाएका हुन् । जुन गत आर्थिक वर्षको तुलनामा ६.७४ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ऋणीहरुबाट ४८ अर्ब २१ करोड ८० हजार रुपैयाँ ब्याज आम्दानी गरेको वित्तीय रिपोर्टको तथ्यांकमा उल्लेख गरिएको छ ।

यस्तै दोस्रो आम्दानी गर्नेमा नम्बरमा नबिल बैंक रहेको छ । नबिलले गत आर्थिक वर्षको असार महिनासम्ममा ऋणीहरुबाट ४६ अर्ब ३० करोड ३१ लाख २२ हजार रुपैयाँ ब्याज उठाएको हो । जुन गत आर्थिक वर्षको तुलनामा ०.११ प्रतिशतले बढी हो ।

 

ऋणीहरुबाट उठ्ने ब्याज नेपाल इन्भेष्टमेन्ट बैंकको २२.६० प्रतिशतले बढेर ४३ अर्ब ६ करोड ५६ लाख रुपैयाँ, कुमारी बैंकको १३.४० प्रतिशतले बढेर ३८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।

एनआइसी एशिया बैंकले ०.०१ प्रतिशतले बढेर ३८ अर्ब ३७ करोड, हिमालयन बैंकले २२.प्रतिशतले बढाएर ३५ अर्ब ५७ करोड, लक्ष्मी सनराइज बैंकले ८३.८४ प्रतिशतले बढेर ३५ अर्ब ५ करोड रुपैयाँ, प्रभु बैंकले ७.१६ प्रतिशतले बढेर ३२ अर्ब, आरबिबिले १.७ प्रतिशतले घटेर २९ अर्ब र कृषि विकास बैंकले १३ प्रतिशतले बढेर २७ अर्ब रुपैयाँ रहेको छ ।

प्राइम–एनएमबि–सिद्धार्थ र नेपाल बैंकले २५–२५ अर्ब रुपैयाँ, एभरेष्ट बैंकले २२ अर्ब, सानिमा बैंकले र सिटिजन बैंकले १९ अर्ब रुपैयाँ ऋणीहरुबाट ब्याज उठाएको हो ।