डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद चर्किएका बेला दुई उद्योगले तिरे बक्यौता

डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद चर्किएका बेला दुई उद्योगले तिरे बक्यौता


काठमाडौं- नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद चर्किरहेको बेला दुई उद्योगले बक्यौता रकम बुझाएका छन्।

भैरहवा वितरण केन्द्रबाट डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेका सोना पोलिमर्स र सोना प्याकेजिङले बक्यौता रकम बुझाएको हुन।

२५ प्रतिशत जरिवानासहित सोना पोलिमर्सको नाममा ३ लाख ४६ हजार ३८९ र सोना प्याकेजिङका नाममा ३ लाख ५५ हजार ६७ रुपैयाँ बक्यौता रकम थियो।

भैरहवा वितरण केन्द्रका प्रमुख सञ्जय मिश्रका अनुसार दुई उद्योगले केही दिन पहिले बक्यौता बुझाएको जानकारी दिए।

‘सोना पोलिमर्स र सोना प्याकेजिङले केही दिनअघि मात्र सबै बक्यौता रकम बुझाउनुभएको छ’, उनले भने, ‘अरू उद्योगी पनि निरन्तर छलफल मै हुनुहुन्छ।’