काठमाडौँ महानगरपालिका अगाडि सडक भासियो, आवागमन प्रभावित

काठमाडौँ महानगरपालिका अगाडि सडक भासियो, आवागमन प्रभावित


काठमाडौँ – काठमाडौँ महानगरपालिका अगाडिको सडक भासिएको छ ।

महानगरपालिकाको नजिक सडक भासिँदा गएरातिदेखि आवागमन प्रभावित भएको छ । महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो ।

यो सडकले दरबार मार्गलाई जोड्छ । टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ ।