कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने दर्जनौं युवा पक्राउ

कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने दर्जनौं युवा पक्राउ


कुलमान घिसिङको समर्थनमा निकालिएको र्‍यालीमा सहभागि युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

घिसिङको समर्थनमा युवाहरूले माइतिघरदेखि बानेश्वरसम्म र्‍याली निकालेका थिए । सोही क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई सिंहदरबार वृत्तमा राखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ र नेपाल सरकारबिच देखिएको द्वन्द्व सडकसम्म पुगेको छ । ठुला उध्योगहरूले विध्युत वक्यौता तिर्न नपर्ने निर्णय हुने सम्भावना बढ्दै गएको भन्दै युवाहरूले सचेत गराएका छन् । डेडिकेटेड फिडरबाट लाइन लिने २४० ग्राहकमध्ये अस्पताल लगायतका ५६ ग्राहकलाई छुट दिइएको थियो ।

अन्य ठुला उद्योगलाई भने प्राधिकरणले छुट दिनुपर्ने आधार र कारण नभएको भनी बुझाउन ताकेता गरेको थियो । डेडिकेटेड फिडर तर्फ बिलिङ भएको रकम ९ अर्ब ६ करोड ४४ लाख २ हजार ५९२ रुपैयाँ थियो । उक्त रकममध्ये ५ अर्ब ५९ करोड ८७ लाख ५६ हजार ६४५ बुझाएको र ३ अर्ब ४१ करोड ७४ लाख ८४ हजार ८० रुपैयाँ बक्यौता थियो ।