अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता


काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक तथा विकास सहायता, चालु आयोजनाहरूको तीव्रता, दुई देशबीचको आपसी सम्बन्ध लगायतका विषयमा छलफल भएको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ ।