काठमाडौं । मर्जपछि एकीकृत वित्तीय विवरण आउँदा सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा उच्च दरले बढेको देखिएको छ ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ३९ करोड ६५ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १६ करोड ११ लाख रुपैयाँ थियो । कम्पनीको खुद नाफा १४६ प्रतिशत बढेको देखिएको छ ।
गत आवमा कम्पनीको खुद प्रिमियम संकलन २७.५ प्रतिशत बढेर ९ अर्ब १० करोड छ । अघिल्लो वर्षमा यस्तो प्रिमियम संकलन ७ अर्ब १४ करोड थियो । त्यस्तै कुल आम्दानी पनि ३० प्रतिशत बढेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९१ पैसा छ । प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५६ पैसा छ ।
प्रतिक्रिया