नेतृत्व छाड्नुपर्ने जनार्दनको प्रस्तावबारे ‘प्रचण्ड’को प्रतिक्रिया : सबै मिलेर जान्छ, टेन्सन छैन

नेतृत्व छाड्नुपर्ने जनार्दनको प्रस्तावबारे ‘प्रचण्ड’को प्रतिक्रिया : सबै मिलेर जान्छ, टेन्सन छैन


काठमाडौँ – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र सबै मिलेर जाने बताएका छन् ।

स्थायी कमिटी बैठकपछि बाहिरिने क्रममा नेतृत्व हस्तान्तरणबारे लिखित प्रस्ताव आए पनि मिलेर जाने बताए ।

नेतृत्व हस्तान्तरणबारे उनले भने, ‘केही हुँदैन सबै मिलेर जान्छ, तपाईंहरुलाई हो टेन्सन, हामीलाई केही छैन ।’

उपमहासचिव जनार्दन शर्माले बैठकमा लिखित धारणा राख्दै ‘प्रचण्ड’लाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका थिए। उनको प्रस्तावमा केही नेताहरुले समर्थन जनाएका छन् ।

‘प्रचण्ड’को भनाइलाई समर्थन गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठक सकारात्मक बन्दै गइरहेको बताए ।

उनले भने, ‘अध्यक्षज्यूले भनी सक्नुभयो । बैठक राम्रो सकारात्मक हुँदै गइरहेको छ । उहाँले संकेत गर्न खोज्नुभएको कुरा भित्र जे छलफल भइरहेको छ, बाहिर टुटेफुटेर आएको छ । मैले त समग्रमा भनेकै छु । तर, सत्य एउटा हुन्छ अंशमा गर्दा अर्को पर्न जान्छ ।’

उनले बैठकमा स्तरीय छलफल भएको भन्दै कुनै समस्या नभएको बताएका छन् ।