लुम्बिनी – बुटवल उपमहानगरपालिकाले सम्पदा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले फल्चा निर्माण गरेको छ । बुटवल वडा नं ५ मा निर्माण भएको सो फल्चाको सोमबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नेवारी परम्पराअनुसार शुभारम्भ गर्दै बुटवलको पुरानो पहिचान र स्थानीय संस्कृतिको संरक्षण गर्ने उद्देश्यले फल्चा निर्माण गरिएको बताए । उनले अन्य जातजाति र संस्कृतिको संरक्षणका लागि चालु आर्थिक वर्षमा अन्य स्थानमा यस्तै फल्चा, चौतारी, विश्रामस्थल निर्माण गरिने जानकारी दिए ।
सो अवसरमा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई बस्न योग्य सहरका रूपमा स्थापित गर्ने उद्देश्यका साथ सार्वजनिक स्थलको संरक्षण र प्रवर्द्धन गर्ने बताए । उनले बुटवललाई सबै जातजातिको अपनत्व हुनेगरी संरचना निर्माण भएको छ भने । वडा नं ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले बुटवलले कला, संस्कृतिका क्षेत्रमा सबैलाई समेटेर लैजानका लागि यस्ता संरचना निर्माण गरेको बताए ।
प्रतिक्रिया