एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा मल्ल चयन

एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा मल्ल चयन


धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा चक्रबहादुर मल्ल चयन भएका छन् ।

मंगलबार संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अध्यक्षतामा बसेको बैठकले प्रमुख सचेतकमा मल्ललाई चयन गरेको हो ।

मल्ल डोटीको प्रदेश सभा (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

यस्तै बैठकले सचेतकमा प्रदेश सभा सदस्य जानकी ऐर बमलाई चयन गरेको छ । बम बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सुरेन्द्रबहादुर पाल प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री भएका छन् भने सचेतक रहेकी निर्मलादेवी साउद पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन् ।

संसदीय दलका नेता रावलले प्रमुख सचेतक र सचेतकको जिम्मेवारीमा रहेका दुवै जना सरकारमा सहभागी भएपछि जिम्मेवारी हेरफेर गरिएको जानकारी दिए ।