संसदीय सुनुवाइ समिति सभापतिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिने

संसदीय सुनुवाइ समिति सभापतिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिने


CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

काठमाडौं । नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापतिमा सांसद ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ ।

बुधबार सभापतिको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । बिहीबार निर्वाचन गर्ने तालिका संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डले सार्वजनिक गरेका छन्

साउन ३१ गते नै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिको पनि निर्वाचन हुँदैछ ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले दुवै संयुक्त सुनुवाइ समिति सभापतिको निर्वाचन यही साउन ३१ गते हुने गरी मिति तोकेको जानकारी गराएका थिए ।

कांग्रेसका नेताहरूका अनुसार न्यौपाने नै सुनुवाइ समितिको सभापतिको उम्मेदवार हुनेछिन् ।

हाल सुनुवाइ समितिमा सभापतिको रुपमा ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपति शमशेर जबराले काम गरिरहेका छन् ।