सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ८२ प्रतिशत बढ्यो

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ८२ प्रतिशत बढ्यो


[ File # csp5433793, License # 2048817 ] Licensed through http://www.canstockphoto.com in accordance with the End User License Agreement (http://www.canstockphoto.com/legal.php) (c) Can Stock Photo Inc. / Alexmit

काठमाडौं । निर्जीवन बीमा कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ८२ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षमा ३७ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा ६९ करोड २३ लाख कमाएको छ ।

कम्पनीको प्रिमियमसहितको कुल आम्दानी बढ्दा नाफामा टेवा पुगेको छ । कम्पनीको खुद प्रिमियम आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ७८ प्रतिशत बढेको छ ।

अघिल्लो आर्थिक वर्ष खुद प्रिमियम आम्दानी १ अर्ब ११ करोड रहेकोमा गत आर्थिक वर्षमा १ अर्ब ९८ करोड छ । योसहित कम्पनीको कुल आम्दानी अघिल्लो आर्थिक वर्षमा २ अर्ब १ करोड रहेकोमा गत आर्थिक वर्षमा ३ अर्ब ५ करोड पुगेको छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५२ पैसा रहेकोमा गत आर्थिक वर्षमा २४ रुपैयाँ ६७ पैसा छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ २७३ रुपैयाँ ५० पैसा छ । कम्पनीको विशेष जगेडा कोषमा २ अर्ब ५० करोड रुपैयाँ छ भने महाविपत्ति कोषमा १८ करोड ९१ लाख रुपैयाँ छ ।

मंगलबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता १०३१ रुपैयाँ छ । विगत एक महिनामा कम्पनीको मूल्य १९ प्रतिशत बढेको छ ।