देशमा लोकतन्त्र सिध्याउने प्रवृत्तिहरु देखा परेकाले सरकार संवेदनशील बनेको प्रधानमन्त्री ओलीको दाबी

देशमा लोकतन्त्र सिध्याउने प्रवृत्तिहरु देखा परेकाले सरकार संवेदनशील बनेको प्रधानमन्त्री ओलीको दाबी


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय देशमा लोकतन्त्र सिध्याउने गरी केही प्रवृत्तिहरु अराजक रुपमा देखा परेकाले यसका बारेमा सरकार संवेदनशील बनेको बताएका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले त्यस्ता प्रवृत्तिहरु बढ्न नदिनका लागि सरकार र सदन संवेदनशील रहेको बताएका हुन्। उनले त्यस्ता खाले प्रवृत्तिहरुसँग लोकतान्त्रिक प्रणालीभन्दा बाहिर गएर के गर्ने र कहाा पुग्ने भन्ने नै थाह नभएको दाबी गरे।

उनले विभिन्न ढंगले समाजलाई भड्काउन खोजिएको पाइएकाले हजारौंको बलिदान र संघर्षबाट प्राप्त लोकतन्त्रमाथि खतरा उत्पन्न हुन नदिने प्रतिबद्धतासमेत जनाए। उनले त्यस्ता प्रवृत्तिहरुमा कुनै प्रकारको समाजिक बन्धन, नैतिकता र इमानसमेत नभएको बताए।

सरकार सञ्चालनका क्रममा केही कमी कमजोरी भएको, अपेक्षाकृत उपलब्ध हासिल नभएको स्वकार्दै प्रधानमन्त्री ओलीले तर त्यसका लागि यो व्यवस्था नै फाल्नका लागि समाज भड्काउने प्रवृत्ति खतरनाक भएको बताका छन्।