काठमाडौं। प्रतिनिधिसभामा आगामी ६ भदौमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर हुने भएको छ ।
संसदको बुधबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नउत्तरको मिति तोकेका हुन् । समूह ७ मा रहेका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले सोध्ने प्रश्न २ भदौभित्र संसद सचिवालयमा बुझाइ सक्नुपर्नेछ।
संसद नियमावलीअनुसार हरेक महिना प्रधानमन्त्रीसँग प्रश्न उत्तर हुनेछ । यसका लागि एक पटकमा बढीमा १५ जना सांसदले प्रश्न गर्ने गरी सांसदहरुको समूह बनाइएको छ ।
प्रतिक्रिया