उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन


काठमाडौं – उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको हो ।

न्याय प्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका रेग्मीको निधनको शोकमा आज (बिहीबार)उच्च अदालत पाटनको सबै कामकारबाही बन्द हुने भएको छ । उनको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ ।