काठमाडौं । चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनले ४ करोड भन्दा बढी आम्दानी गरेको छ ।
उक्त सामुदायिक वनले वन्यजन्तु अवलोकन गर्न पर्यटकबाट आम्दानी गर्ने गरेका छन् । उक्त वनमा पर्यटकहरु दुर्लभ एक सिंगे गैडा पाटे बाघ र विभिन्न वन्यजन्तु अवलोकनको लागि आउने गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको उक्त वनमा पर्यटकहरु वर्षभरी नै जीप सफारी हात्ती सफारीको लागि जाने गरेका छन् ।
उक्त वनमा २ वटा मचान पनि रहेको छ उक्त मचानमा गएर पर्यटकहरुले रात बिताउने र वन्यजन्तु अवलोकन पनि गर्ने गर्दछन् ।
पहिले १५० देखि २ सयको हाराहारीमा जीप वनमा सफारीको लागि जाने गरेकोमा अहिले बिहान ३० र बेलुका ३० वटा गरी दैनीक ६० वटा जीप पर्यटक लिएर जाने गरेको उक्त वनका अध्यक्ष गणेश श्रेष्ठले बताए । उक्त वनको आम्दानी बार्षीक ४ देखि ५ करोड सम्म हुने गरेको अध्यक्ष श्रेष्ठले बताए ।
वनबाट भएको आम्दानी मानव र वन्यजन्तु सरक्षणका साथै मानव र वन्यजन्तु बीचको द्वन्द्व घटाउन वन सिमानामा कक्रिट वाल लगाउने देखी उक्त क्षेत्रको शिक्षा स्वास्थ्यमा खर्च गर्ने गरेको उनले बताए ।
उक्त वनको आम्दानी वाट उक्त वन क्षेत्रमा रहेका बासिन्दाहरुलाई खानेपानी जडानको लागि प्रति घर ६ हजार रुपैया, सुत्केरी पोषणको लागि बिरामी परेमा ५ हजार रुपैया र दुध किसानहरुलाई प्रति लिटर १ रुपैया अनुदान दिने गरेका छन् । वनको आम्दानी वन उपभवक्ताहरुको हितको लागि नै खर्च गर्ने गरेको अध्यक्ष श्रेष्ठले बताए ।
प्रतिक्रिया