भैरहवा र पोखराका विमानस्थल चलाउन २०८३ भदौसम्म कम्पनीहरुलाई यस्ता छन् छुट

भैरहवा र पोखराका विमानस्थल चलाउन २०८३ भदौसम्म कम्पनीहरुलाई यस्ता छन् छुट


काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उपत्यकाबाहिर निर्माण भएका दुई अन्तर्राष्ट्रिय विमानस्थल चलाउन विभिन्न विषयमा उडान भर्ने कम्पनीलाई छुट दिने कार्ययोजना बनाएको छ। यही साउन २८ गतेको मन्त्रिपरिषद बैठकले मन्त्रालयले तयार गरेको नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी र गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना स्वीकृत समेत गरिसकेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेका अनुसार उक्त दुई विमानस्थलमा उडानका लागि कम्पनीहरुले गरेको आग्रहअनुसार विभिन्न विषयमा छुटसहित कार्ययोजना बनाइएको छ। उनका अनुसार कम्पनीहरुले सरकारसँग गरेको प्रस्तावअनुसार मन्त्रालयले नागरिक उड्डयन प्राधिकरण ९क्यान०मार्फत लिनुपर्ने शुल्क केही समयका लागि अर्थात् २०८३ भदौसम्म नलिने प्रस्ताव गरिएको छ।

त्यसैगरी सोही समयका लागि पर्यटन बोर्डले प्रतिटिकट लिने गरेको शुल्क पनि दुई एयरपोर्टको हकमा नलिने, सरकारले टिकटमा लगाउने गरेको भ्याट नलिने र इन्धनमा छुटको प्रस्ताव गरिएको छ।