माओवादीले गर्‍यो प्रदेश स्तरमा केन्द्रीय परामर्श समितिको बैठक बोलाउने निर्णय

माओवादीले गर्‍यो प्रदेश स्तरमा केन्द्रीय परामर्श समितिको बैठक बोलाउने निर्णय


काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश स्तरमा केन्द्रीय परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी समिति बैठकले प्रदेश स्तरमा संयुक्त केन्द्रीय परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए ।

शर्माका अनुसार प्रत्येक प्रदेश स्तरमा अध्यक्ष, उपाध्यक्ष लगात पदाधिकारी जानेछन् । उनीहरूको सल्लाह र सुझाव अनुसार केन्द्रीय समितिको पूर्ण बैठक बोलाइएको शर्माले रातोपाटीलाई बताए ।

‘प्रदेश स्तरमा केन्द्रीय समिति बैठक राख्ने निर्णय गरेको छ । कुन प्रदेशमा कहिले बैठक राख्ने भनेर कार्यतालिका बन्दैछ । प्रदेश बैठकमा अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायत नेताहरू सहभागी हुनेछन् । प्रदेश स्तरमा भएको छलफल, सुझावका आधारमा पूर्ण केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको छ’, उनले भने ।

आजको बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले पार्टीभित्र देखिएको वैचारिक र राजनीतिक मतभेदलाई अन्त्य गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता जनाएको शर्माले बताए ।