अमेरिकी उपविदेशमन्त्री रिचार्ड आज नेपाल आउँदै

अमेरिकी उपविदेशमन्त्री रिचार्ड आज नेपाल आउँदै


काठमाडौँ -अमेरिकी विदेश मन्त्रालयका उपविदेशमन्त्री रिचार्ड आर.वर्मा आज नेपाल आउँदै छन् ।

आर्थिक विकास, महिला सशक्तीकरण, ऊर्जालगायतका क्षेत्रमा भएको समझदारीलगायतको विषयमा छलफल गर्न उनी नेपाल आउन लागेका हुन् ।

नेपालमा उप विदेशमन्त्री वर्मासहितको प्रतिनिधि मण्डलले वरिष्ठ सरकारी अधिकारी, विकास परियोजनाका प्रतिनिधि तथा व्यापार व्यवसायीका प्रतिनिधिहरूलाई भेट्ने कार्यक्रम रहेको अमेरिकास्थित विदेश मन्त्रालयले जनाएको छ ।

त्यस्तै उनले नेपालमा आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा अ‍ोली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायत विभिन्न उच्च स्तरीय अधिकारीलाई भेट्ने नेपालस्थित अमेरिकी दूतावास स्रोतले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन सरकारका शक्तिशाली मन्त्रीमध्येका एक हुन् वर्मा । एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि यो अमेरिकाबाट हुन लागेको सबैभन्दा उच्च स्तरीय भ्रमण हो । उप विदेशमन्त्री वर्मालाई नेपालको जानकार समेत मानिन्छ ।

नेपालको एक दिने भ्रमण सकाएर उनी भोली शनिवार भारत जानेछन् । उनी भारतमा अगस्त २२ गतेसम्म रहने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।