सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्बको विकास ऋणपत्र जारी गर्दै

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्बको विकास ऋणपत्र जारी गर्दै


काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । कार्यालयले आइतबार सूचना जारी गर्दै ५ वर्ष अवधि रहेको विकास ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्ने भएको हो ।

नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय नेपाल सरकारको ५ वर्षे विकास ऋणपत्र–२०८६ भदौ ५ गते बोलकबोल मार्फत बिक्री गर्नेछ । साथै भदौ ६ गते निष्कासन गरिने कार्यालयले जनाएको छ ।

इच्छुक खरिदकर्ताले बोलकबोल पेस गर्न सक्नेछन् । उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन सक्नेछन् ।

यस ऋणपत्रका विशेषता र बोलकबोल प्रक्रिया सम्बन्धी विस्तृत जानकारीका लागि यस कार्यालयको वेबसाइटको आन्तरिक ऋण सम्बन्धी सूचनामा हेर्न सकिनेछ ।