काठमाडौं । एक वर्षमै ३२.६ प्रतिशतले वृद्धि हुँदा कुल विदेशी विनियम सञ्चिति २० खर्ब रुपैयाँ नाघेको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार कुल विदेशी विनियम सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड पुगेको हो ।
यो २०८० असार मसान्तको तुलनामा ३२.६ प्रतिशतले धेरै हो । २०८० असार मसान्तमा कुल विदेशी विनियम सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो ।
अमेरिकी डलरमा २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा ३०.४ प्रतिशतले वृद्घि भई १५ अर्ब २७ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १८ खर्ब ४८ अर्ब ५५ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ असार मसान्तमा ०.५ प्रतिशतले कमी आई १ खर्ब ९२ अर्ब ५५ करोड भएको छ । २०८१ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत छ ।
प्रतिक्रिया