दक्षिण कोरियामा अस्ताइन् इलामकी २० वर्षीया सोनु

दक्षिण कोरियामा अस्ताइन् इलामकी २० वर्षीया सोनु


दक्षिण कोरिया । दक्षिण कोरिया । इलामको माई नगरपालिका–१ तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको दक्षिण कोरियामा निधन भएको छ। अध्ययनको सिलसिलामा ६ महिनाअघि दक्षिण कोरिया गएकी श्रेष्ठको हिजो (आइतबार, भदौ २) निधन भएको हो। दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत श्रेष्ठको आइतबार निधन भएको खबर आफूहरूलाई आएको उनका फुपाजु होम श्रेष्ठले नेपालखबरलाई जानकारी दिए। ‘हिजो (आइतबार) निधन भएको भन्दै आज (सोमबार)खबर आएको छ,’ श्रेष्ठले भने। उनका अनुसार, हृदयघातका कारण निधन भएको खबर परिवारसम्म आइपुगेको छ। यद्यपि, के कारणले निधन भएको हो भन्ने अहिलेसम्म खुलेको छैन।

इलाम कोरिया जनसम्पर्क मञ्चका अध्यक्ष हरि खनालका अनुसार सोमबार दिउँसो उनको शव पोस्टमार्टम भइसकेको छ। पोस्टमार्टमको रिपोर्ट भने अस्पतालले दूतावासलाई दिइसकेको छैन। उनको शव नेपाल पठाउनका लागि आफूहरूले पहल गरिरहेको पनि खनालले जानकारी दिए। ‘शव नेपाल पठाउने प्रक्रिया पूरा हुँदैछ,’ खनालले भने, ‘खर्च महंगो लाग्ने बुझेका छौँ। कम्तीमा १२ लाख खर्च लाग्ने भएपछि हामी त्यसैको प्रबन्ध मिलाउँदैछौँ।’
परिवारका सदस्यले स्थानीय सरकारसँग समन्वय गरेर शव नेपाल ल्याउन पहल गरिदिन आग्रह गरेका छन्। माई नगरपालिका– १ का अध्यक्ष रामबहादुर राईले आज ९सोमबार० कार्यालय बन्द भएको र ढिला खबर पाएकाले भोलि बिहानैबाट शव ल्याउनका लागि परिवारसँग समन्वय गरिने जानकारी दिए। ‘हामी परिवारका सदस्यसँग समन्वयमा छौँ,’ उनले भने, ‘भोलि वडामा निवेदन दिन भनेका छौँ।’  दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत श्रेष्ठको आइतबार निधन भएको खबर आफूहरूलाई आएको उनका फुपाजु होम श्रेष्ठले जानकारी दिए। ‘हिजो ९आइतबार० निधन भएको भन्दै आज ९सोमबार० खबर आएको छ,’ श्रेष्ठले भने।

उनका अनुसार, हृदयघातका कारण निधन भएको खबर परिवारसम्म आइपुगेको छ। यद्यपि, के कारणले निधन भएको हो भन्ने अहिलेसम्म खुलेको छैन। इलाम कोरिया जनसम्पर्क मञ्चका अध्यक्ष हरि खनालका अनुसार सोमबार दिउँसो उनको शव पोस्टमार्टम भइसकेको छ। पोस्टमार्टमको रिपोर्ट भने अस्पतालले दूतावासलाई दिइसकेको छैन। उनको शव नेपाल पठाउनका लागि आफूहरूले पहल गरिरहेको पनि खनालले जानकारी दिए। ‘शव नेपाल पठाउने प्रक्रिया पूरा हुँदैछ,’ खनालले भने, ‘खर्च महंगो लाग्ने बुझेका छौँ। कम्तीमा १२ लाख खर्च लाग्ने भएपछि हामी त्यसैको प्रबन्ध मिलाउँदैछौँ।’
परिवारका सदस्यले स्थानीय सरकारसँग समन्वय गरेर शव नेपाल ल्याउन पहल गरिदिन आग्रह गरेका छन्। माई नगरपालिका– १ का अध्यक्ष रामबहादुर राईले आज ९सोमबार० कार्यालय बन्द भएको र ढिला खबर पाएकाले भोलि बिहानैबाट शव ल्याउनका लागि परिवारसँग समन्वय गरिने जानकारी दिए। ‘हामी परिवारका सदस्यसँग समन्वयमा छौँ,’ उनले भने, ‘भोलि वडामा निवेदन दिन भनेका छौँ।’